नेशनल पेमेन्ट गेटवे प्रकरण : सुनील पौडेललाई ९ वर्ष कैदको फैसला
  • काँचुली खबर

२५ बैशाख, काठमाडौँ । विशेष अदालतले सुनील पौडेललाई ९ वर्ष कैद सजायको फैसला गरेको छ । नेशनल पेमेन्ट गेटवे खरिदमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पौडेललाई अदालतले ९ वर्ष कैद हुने सजाय गरेको हो ।

विशेष अदालतबाट वैशाख ७ गते दोषी ठहर भएका पौडेलमाथि विशेषका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार सजाय निर्धारण गरेको हो ।

उनीविरुद्ध निर्धारण भएको बिगो बराबर २३ करोड २७ लाख ५८ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ ।

  • २५ बैशाख २०८१, मंगलवार १८:४४ प्रकाशित
  • Nabintech