१७ पुष, लिबाङ रोल्पा । एघारौं राष्ट्रिय पोल्ट्रिी दिबस २०८० को अवसरमा भेटनरी अस्पताल तथा पसुसेवा बिज्ञ केन्द्र रोल्पाको आयोजनामा रोल्पा अस्पताल रेउघाका बिरामीहरुलाई अण्डा वितरण गरीएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सीता आचार्यले पोल्ट्री दिवसका अवसरमा बिरामीहरुकालागि अण्डा वितरण गरीएकोमा धन्यवाद दिदैं शुभकामना व्यक्त गरीन । उनले रोल्पालाई मासु र अण्डामा आत्मनिर्भर बनाउनको लागि सबैलाई अपिल समेत गरीन । उनले विशेष गरी हड्डीका विरामीहरुले अण्डा खानुपर्ने उल्लेख गर्दै सबैले अण्डाजन्य स्वस्थ्य आहारमा जोड दिनुपर्ने बताईन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कार्यक्रमका बिशिस्ट अतिथि प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरेले राज्यले कृषकसँग सहकार्य गरी देशलाई अण्डामा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए । उनले कार्यालयको अनुरोधमा अण्डा उपलब्ध गराउने सबैलाई धन्यवाद समेत ब्यक्त गरेका थिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल खड्का, रोल्पा अस्पतालका प्रमुख डा. लोकरत्न ज्ञावली, डा. रणबहादुर बोगती, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर, निवर्तमान अध्यक्ष मानसिंह विश्वकर्मा लगायतको उपस्थिती रहेको थियो ।
रोल्पा अस्पता विकास समितिका अध्यक्ष शेरबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रेउघा अस्पतालका विरामीहरुलाई पोल्ट्री व्यासायी संघ लुम्बिनी प्रदेशले अण्डा उपलब्ध गराएको थियो ।