१८ बैशाख २०८१, मंगलवार
काेहलपुरमा तरुण दलको राँके जुलुस
  • काँचुली खबर

नेपाल तरुण दल क्षेत्र नं. १ बाँके र कोहलपुर नगर कार्य समितिले सरकार विरुद्व काेहलपुरमा राँके जुलुस निकालेको छ । डा. गोविन्द केसीको माग पुरा गर्न माग सरकारले आनाकानी गरेकाे भन्दै सरकार विरुद्व कोहलपुरमा राँके जुलुस निकालिएको हाे । डा. केसीको माग पुरा गर्नका लागि काठमाण्डौं भएको विरोध प्रर्दशनमा नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत लगायत अन्य तरुण दलका कार्यकर्ता माथि सरकारले गरेको दमनको विरुद्ध कोहलपुरमा राँके जुलुस निकालिएको  नेपाल तरुण दल क्षेत्र नं. १ बाँकेका अध्यक्ष दिग्विजय जंग राणाले जानकारी दिए । राँके जुलुस पछिकाे कोण सभामा बोल्दै नेपाल तरुण दल कोहलपुुर नगर कार्य समितिका अध्यक्ष हरसिंह कठायतले केपी वली सरकारले नेपाल तरुण दल माथि गरेको हस्तक्षेपको विरोध जनाउँदै डा. केसीको माग पुरा गर्नका लागि सरकारलाई अनुरोध गरेका थिए ।

कार्यक्रममाबोल्दै नेपाल तरुण दल जिल्ला कार्य समिति बाँकेका सचिव विनोद रिजालले डा. केसीको मागलाई सरकारले तत्काल सम्बोधन नगरे तरुण तल चरणबद्व अन्दोलन गर्ने चेतवानी दिएका थिए । साथै उनले तरुण तलका अध्यक्ष लगायत अन्य कार्यकर्ता माथि भएको घटनाको घोर भत्सर्ना गर्दै सरकारले आफ्ना गतिविधि सच्याउन आग्रह गरेका थिए ।

कार्यक्रममाबोल्दै नेपाल तरुण दल क्षेत्र नं. १ बाँकेका अध्यक्ष दिंग्विजय राणाले सरकारले डा. गोविन्द केसीको जीवन रक्षाका बारेमा सोच्नु पर्ने बताउँदै केसीले उठाएका माग सम्बोधन नभए सरकार विरुद्व चरणबद्व अन्दोलन गर्ने बताए । त्यस्तै नेपाल विद्यार्थी संघका आमन्त्रित केन्द्रीय सदस्य कमल बहादुर शाहीले केपी सरकारले अधिनायकवाद लागु गर्न खोजेको आरोप लागाउँदै सरकारलाई लोकतन्त्रीक शासन व्यवस्थामा आउन सुझाव दिएका थिए ।

यसैबिच सरकारले नेपाल तरुण दलका नेताहरुमाथि अमानवीय रुपमा धरपकड गरेकाे भन्दै आईतबार १ घण्टा जिल्ला प्रशासन कार्यालय बाँकेमा घेराउ गरेका थिए । क्षेत्र नं. १ का अध्यक्ष दिंग्विजय राणाको नेतृत्वमा गएकाे तरुण दलका नेता तथा कार्यकर्ताहरुले प्रशासन कार्यालय घेराउ गरेका थिए ।

  • ६ श्रावण २०७५, आईतवार २२:१८ प्रकाशित
  • Nabintech