२४ कात्तिक, कोहलपुर । कोहलपुर नगरपालिकाले यहि मंगलबार प्लास्टिकका फूल तथा माला बिक्री वितरण नगर्नु भन्दै सूचना जारी गर्यो । हिन्दु नेपालीको महान चाड तिहारलाई लक्ष्य गरी बजारमा प्लास्टिकका फूल तथा माला बिक्री वितरण नगर्न नगपालीकाले सार्वजनिक सूचना जारी गरेको थियो ।
तर सूचना जारी भएको अर्को दिनदेखी नै कोहलपुरमा प्लास्टिकका माला तथा फूल गुच्छा बिक्रि बितरणले ब्यापकता पाएको छ । नगरका मुख्य क्षेत्रमा स्टल खडा गरेर ब्यापारीहरुले खुलेआम प्लाष्टिकका माला बिक्रि गरीरहेका छन । नगरको मुख्य केन्द्रमा रहेको न्यूरोड, एनटिभि रोड लगाएतका क्षेत्रमा खुलेआम प्लाष्टिकका माला बिक्रि बितरण भईरहँदा नगरपालिका भने मुकदर्शक बनेको छ ।
            
                
                    
वर्गीकृत विज्ञापन
                
                
                    
                        
                                                            
                                    
                                        
                                            निर्माणका लागि
                                            “निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                            
                                    
                                        
                                            विज्ञापनको लागि
                                            “विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
                                         
                                     
                                 
                                                     
                        
                        
                     
                 
             
            
यतिवेला बजारमा प्लास्टिकको माला जताततै देखिन्छन् । तिहार र छठमा सबैभन्दा बढी फूलको खपत हुने र त्यही बेला फूलको अभाव हुने भएकाले प्लास्टिकको माला खरिदबिक्री हुने गरेको छ। तर आफैले गरेको निर्णय कार्यान्वयन गर्न स्थानिय सरकारले न त बजार अनुगमन नै गरेको छ न त कारबाहीको प्रक्रिया अगाडी बढाएको छ ।
सरकारले गत १२ साउनमा राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि प्लास्टिक जन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नै प्लास्टिक जन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरीएपनि कोहलपुर सहित देशभर प्लास्टिकका माला तथा फूल गुच्छा बिक्रि बितरण भईरहेका छन ।
तिहारको बेला सयपत्रीको माला महँगो हुने र प्लास्टिकको माला लामो समय टिकिराख्ने भएकाले पनि प्लाष्टिकको मालाप्रति ग्राहक आकर्षित भएको व्यापारी बताउँछन्।
     २४ कार्तिक २०८०, शुक्रबार १८:५१ प्रकाशित