रिगललाई नेपालगन्ज कारागार चलान गरीयो
  • काँचुली खबर

१७ कात्तिक, नेपालगन्ज । ‘रिगल’ भनिने योगराज ढकाललाई नेपालगन्ज कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार बिहान साढे १० बजेतिर बाँके जिल्ला अदालत समक्ष बुझाएको थियो ।

जिल्ला प्रहरी प्रवक्ता (डिएसपी) नारायण डाँगीका अनुसार रिगललाई शुक्रबार बिहान साढे १० बजेतिर बुझाइएको हो । त्यस लगत्तै उनलाई अदालतले नेपालगन्ज कारागार चलान गरेको हो ।

बाँके जिल्ला अदालतका श्रेस्तेदार सरोज निधि वाग्लेले रिगललाई शुक्रबार बिहान पौने ११ बजेतिर नेपालगन्ज कारागार कार्यालयमा पठाइएको जानकारी दिए ।

सुरुमा बाँके जिल्ला अदालतले गरेको फैसला अनुसार नेपालगन्ज कारागार पठाइएको उनले बताए । ‘हामीले उहाँलाई नेपालगन्ज कारागारमा पठाएका छौँ, कारागार ब्यवस्थापन विभागले कसरी र कहाँ ब्यवस्थापन गर्छ, त्यो उहाँहरुले गर्नुहुन्छ’ वाग्लेले भने ।

रिगलको कैद मिनाहालाई सर्वोच्च अदालतले बिहीबार बदर गरेको थियोे। कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले बिहीबार रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको थियो। अदालतको आदेश लगत्तै उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।

  • १७ कार्तिक २०८०, शुक्रबार १३:०२ प्रकाशित
  • Nabintech