कात्तिक १४, कोहलपुर । आगामी मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनमा लागि पाँच दलिय गठबन्धनका उम्मदेवारलाई जिताउन वडा वडामा भेला भईरहेका छन् ।
बाँके क्षेत्र नं। १ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र प्रदेश सभा १ (ख) मा नेपाली काँग्रेसका युवा नेता फुलाराम थारु आ-आफ्नो चुनाव चिन्ह लिएर आइतबारदेखि वडास्तरीय घरदैलो अभियानमा उत्रिएका छन ।
घरदैलो अभियनकै क्रममा मंगलबार कोहलपुर नगरपालिका वडा नं. ९ मा भएको वडा भेलालाई सम्बोधन गर्दै बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश्वराज गहतराज ‘अथक’ले नमुना वडाका रुपमा बिकास गर्ने योजना बनाएको बताए ।
विद्यालयबाट टिनका छाना बिस्थापित गर्नुकासाथै बिगतमा खेदकुद मैदान निर्माण तथा विभिन्न बाटाहरु कालोपत्रे गरेको उल्लेख गर्दै मन्त्री अथकले आगामी दिनमा ९ नं. वडालाई नमूना वडाको रुपमा विकास गर्ने लक्ष्यका साथ योजना निर्माण भइसकेको बताए ।
‘अहिले केन्द्रिदेखि स्थानीय तहसम्म गठबन्धनको सरकार भएकाले योजना पुरा गर्नका लागि सहज र सजिलो छ’ उनले भने, ‘त्यसैले आगामी ५ वर्ष विकासको स्वर्णिम वर्षको रुपमा लिएको छु ।’ उनले थप विकासकालागि गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराउन समेत सबैलाई आह्वान गरेका छन ।
यस्तै भेलालाई सम्बोधन गर्दै प्रदेश क्षेत्र नं। १ ९ख० का उम्मेदवार फुलाराम थारुले संविधानको रक्षा र विकासका लागि गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी विजयी गराउन आग्रह गरे ।
कोहलपुर नगरपालिका वडा नं। ९ का बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन वडा समितिका संयोजक ओपेन्द्रनाथ योगीले उम्मेदवारहरुले आफ्नो वडामा भोट माग्न आउनु नपर्ने भन्दै अन्य क्षेत्र सक्रिय हुन आग्रह गरे ।
भेलामा समानुपातिक उम्मेदवार विष्णु कुमारी चौधरी, पवित्रा रोकाय, राम कृष्ण वि।क। र सन्जु कुमारी चौधरीले आफ्नो आफ्नो प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
भेलामा नेपाली काँग्रेसका प्रदेश ९ख० का सभापती तथा संयुक्त निर्वाचन परिचालन समितिका संयोजक बलराम शर्मा लगाएत लोकतान्त्रिक गठबन्धनका नेता तथा कर्यकर्ताको उल्लेखनिय उपस्थिति रहेको थियो ।
१५ कार्तिक २०७९, मंगलवार २२:३४ प्रकाशित