कात्तिक ५, नेपालगन्ज । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) बाँके क्षेत्र नं २ (ख) को नेपालगन्जमा नगर पार्टी कार्यालयमा रहेको ठाउँमा निर्वाचन मुख्य सचिवालयको कार्यालय उद्घाटन गरीएको छ ।
सचिवालयको कार्यलय उद्घाटन गर्ने क्रममा नेकपा९माओवादी० केन्द्रका युवा नेता तथा बाँके क्षेत्र नं. २ प्रदेश (ख) का उम्मेदवार अकल बहादुर बमले पार्टी कार्यकर्ता तथा मतदाताहरूलाई सम्बोधन गर्दै जनताको अमुल्य भोटलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन । जनतालाई झुटा आश्वासन दिने, झुक्याउने नेतालाई यसपाली चुनावमा जनताले नै ठेगाना लगाउनु पर्ने उनले बताए ।
एकपटक माओवादीलाई मौका दिन अपिल गर्दै बमले भने, ‘तपाईंहरूको यो विश्वासलाई डगमगाउन दिनेछैन ।’
नेता बमले युवा सक्षम व्यक्तिलाई चुन्न जनता समक्ष अपिल गरेका छन । जनताको काम गर्न नसके अर्को पटक चुनावी मैदानमा नआउने बताउँदै बमले नेपालगन्जमा विकासको लहर लिएर मतदातासँगै रहने प्रतिवद्दता जनाएका छन ।
५ कार्तिक २०७९, शनिबार २२:२२ प्रकाशित