देशभर एमालेका १२ उम्मेदवार बागी
  • काँचुली खबर

असोज २३, काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा टिकट नपाएपछि प्रमुख राजनीतिक पार्टीमा बागी उम्मेदवारको बाढी लागेको छ । त्यसमध्ये नेकपा एमालेका आधिकारिक उम्मेदवारविरुद्ध प्रतिनिधि सभातर्फ नौ तथा प्रदेश सभातर्फ तीन जनाको स्वतन्त्रका नाममा बागी उम्मेदवारी परेको हो ।

कहाँ कसको बागी ?

दाङ १  : शान्ता चौधरीविरुद्ध गंगा सत्गौवा
रुपन्देही ५ : खिमलाल भट्टराईविरुद्ध बासुदेव घिमिरे
रुपन्देही १ : छविलाल विकविरुद्ध घनश्याम भुसाल
कास्की ३ : दामोदर बैरागीविरुद्ध जगन्नाथ बास्तोला
स्यांजा २ : पद्मा अर्यालविरुद्ध कपिलदेव न्यौपाने
काठमाडौं ७ : एमाले समर्थनका राजेन्द्र श्रेष्ठविरुद्ध रामवीर मानन्धर
रौतहट ३ : प्रभु साह एमालेको टिकट छाडेर बागी
दैलेख १ : रवीन्द्रराज शर्माविरुद्ध गोपाल नेपाली
सर्लाही १ : जसपा एमाले गठबन्धनका प्रमोद साहविरुद्ध मानबहादुर खड्का

प्रदेशतर्फ:
धादिग १ (क) : रमेश आचार्यविरुद्ध नेत्रराज पौडेल
बाजुरा (क) : लालबहादुर थापाविरुद्ध सहदेव बोगटी
सुर्खेत १ (ख) : डण्डीप्रसाद शर्माविरुद खड्क बहादुर खत्री

  • २३ आश्विन २०७९, आईतवार २१:३७ प्रकाशित
  • Nabintech