मलामी गएका दुई किशोर राप्तीमा डुबे
  • पुष्पराज हमाल

The drowning man. The man in water asks about the help.

जेठ २६, बाँके । बाँकेमा मलामी गएका दुई किशोरको नदीमा डुबेर मृत्यु भएको छ ।

हुम्ला जिल्लाको सिमिकोट गाउँपालिका वडा नं. ८ घर भइ हाल अध्यनको शिलशिलामा नेपालगञ्ज-१ धम्बोझीमा भाडामा बस्दै आएका १८ वर्षीय त्रिबल शाही र १८ वर्षकै लेकराज छन्त्यालको मृत्यु भएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार बिहीबार बिहान सात बजेतिर बाँकेको डुरुवा गाउँपालिका वडा नं. ४ स्थित राप्ती नदीमा दुबैको शव फेला परेको छ ।

उनीहरू बुधबार बेलुकी छिमेकीको मृत्यु भएपछि मलामी गएका थिए ।

मलामी गएपछि खोला तथा जलासयमा नुहाएर मात्रै घर फर्किने चलन छ। शाही र छन्त्याल चोखीनिधिको लागि भनेर नुहाउन भनेर राप्ती नदीमा पसेको प्रहरीले बताएको छ ।

‘मलामी गएकामध्ये तीन जना साथीहरू सँगसँगै रहेछन्,’ एसपी अधिकारीले भने, ‘एकजना अरू काममा अलमलिएर छुटिएपछि दुई जना पौडी खेल्न भन्दै नदीमा पसेछन् ।’

कोठामा आएर खोज्दा साथीहरू फेला नपरेपछि उनले प्रहरीलाई खबर गरेका थिए । उनीहरू बगेको आशंका गर्दै बेलुका नै खोजी गरिए पनि फेला पर्न नसकेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताए ।

‘बुधबार खोजी गर्दा नदी किनारमा उनीहरूका कपडा मात्रै फेला परे । उनीहरू फेला पर्न सकेनन्,’ न्यौपानेले भने, ‘बिहीबार बिहान फेरि खोजी गर्ने क्रममा दुबै जनाको शव फेला परेको हो ।’

शाही र छन्त्याल कक्षा १२ को परीक्षा दिइसकेका थिए ।

  • २६ जेष्ठ २०७९, बिहीबार १५:०५ प्रकाशित
  • Nabintech