कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना गर्ने मन्त्रीपरिषदको निर्णय (पत्रसहित)
  • काँचुली खबर

मन्त्रीपरिषदको बैठकले बाँकेको कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । चैत्र १७ गते बसेको मन्त्रिपरिषदको बैठकले बाँकेको कोहलपुरका साथै गौशाला, मोहत्तरी, जोगबुढा, डडेलधुरा र आठविसकोट रुकुम पश्चिमको संगठन संरचना, दरबन्दी तेरिज बमोजिम कार्यालय स्थापना र कार्यक्षेत्र स्वीकृत गर्ने निर्णय गरेको हो ।

माओवादी युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र भुमिसुधार मन्त्री शशी श्रेष्ठको सक्रियता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेको विशेष पहलमा नापी र मातपोल कार्यालय कोहलपुरमा स्थापना गरी कार्यक्षेत्र समेत स्वीकृत भएको छ ।

माओवादी केन्द्रका नेता न्यौपानेले कोहलपुरका जनताहरुको अपेक्षा अनुसार काम गरे, त्यसको फल अहिले पाएकोमा निकै खुसी भएको बताए । उनका अनुसार कोहलपुरमा अबको २ दिनभित्रै मालपोत र नापी कार्यालय स्थापना हुने उनले बताए ।

उनका अनुसार कोहलपुरमा मालपोत र नापी कार्यालय स्थापना गर्नका लागि माओवादी केन्द्रले लामो समयदेखि पहल कदमी गरेको थियो । त्यसैको फलस्वरुप नापी तथा मालपोत कार्यालय कोहलपुरमा स्थापना हुन लागेको न्यौपानेले जानकारी दिए ।

कोहलपुरमा नापी र मालपोत कार्यालय स्थापनाकालागि श्रोत सुनिश्चित

  • २२ चैत्र २०७८, मंगलवार १९:५३ प्रकाशित
  • Nabintech