फोनिज अध्यक्ष गुरुङ कोरोनाबाट संक्रमित
  • काँचुली खबर

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय अध्यक्ष तथा तमू (गुरुङ) संचारकर्मी संघका सल्लाहकार डण्ड गुरूङ कोभिड – १९ बाट संक्रमित भएका छन ।
बिगत ४ दिन अघिदेखि रूघा, खाेकी, ज्वराे लगायतबाट गुरुङको स्वास्थ्यमा समस्या देखिएको थियो । चिकित्सकको सल्लाह अनुसार उनी घरमा आराम गरिरहेका थिए ।
स्वास्थ्यमा अलि बढी समस्या देखिएपछि कोरोना जाँच गराएका गुरुङलाई आज संक्रमण देखिएको हो । संक्रमण भए पश्चात् गुरुङ अहिले निवासमा आराम गरिरहेका छन । औषधि सेवन गरिरहेका उनको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको परिवार श्रोतले बताएको छ ।
गुरुङ तमू (गुरुङ) संचारकर्मी संघका पुर्व अध्यक्ष एवं सल्लाहकार तथा नागरिक खबर डटकमका संचालक/अध्यक्ष समेत रहेका छन ।

  • ३ मंसिर २०७८, शुक्रबार २०:०५ प्रकाशित
  • Nabintech