सरकारले सार्वजनिक सवारी दुर्घटनाबाट घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ । कास्की, मुगु लगायतका स्थानमा भएको सवारी दुर्घटनाबा६ भएको क्षतिले सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै गृह मन्त्रालयले सवारी दुर्घटनामा घाइते भएकाहरुको निः शुल्क उपचार गराउने भएको हो ।
‘सार्वजनिक सवारी दुर्घटनामा घाइते हुनेहरुको निः शुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ’ मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तै सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको अन्त्येष्टि तथा किरिया खर्च साथै मृतकका परिवारलाई उचित राहतको व्यवस्था गरिने समेत मन्त्रालयले जनाएको छ ।
२७ आश्विन २०७८, बुधबार १८:५२ प्रकाशित