नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुसेन्स खरीदकालागि सगरमाथा ईन्सुरेन्सले १ लाख रुपैयाँ नगद सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै ईन्सुरेन्सले महासंघलाई नगद सहयोग गरेको हो ।
मंगलबार महासंघको कार्यालयमै पुगेर सगरमाथा ईन्सुरेन्सका क्षेत्रीय प्रबन्धक गोविन्द उपाध्यायले महासंघका अध्यक्ष दामोदर भण्डारीलाई उक्त रकम प्रदान गरेका हुन ।
रकम बुझ्दै महासंघका अध्यक्ष भण्डारीले एम्बुलेन्स खरीद प्रक्रिया अगाडी बढिसकेको र केही समय भित्र सर्वसुलभ रुपमा एम्बुलेन्स सेवा संचालनको तयारी भईरहेको बताए ।
महासंघले एम्बुलेन्स खरीदकालागि सहयोग गर्न सार्वजनिक रुपमा आह्वान गरेको थियो ।
१ भाद्र २०७८, मंगलवार १५:१४ प्रकाशित