चाँदीको बाला र सालको गोलिया बरामद
  • काँचुली खबर

बाँके प्रहरीले चाँदीको बाला र सालको गोलिया बरामद गरेको जनाएको छ । भन्सार छलि ल्याएको चाँदीको बालासहित एक जनालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा मुगु जिल्ला मुगुम कर्मारोङ गाउँपालिका वडा नं. ६ बस्ने २८ वर्षिय कर्माठि रहेका छन । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाहबाट पक्राउ परेका तामाङबाट प्रहरीले १५ थान चाँदीको बाला बरामद गरेको हो । उक्त चाँदीको बालाको अन्दाजी मूल्य ६४ हजार ८६ रुपैयाँ रहेको प्रहरीले बताएको छ ।

पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैबीच, बाँके प्रहरीले डुडुवा गाँउपालिका वडा नं. ६ मोहनपुर्वा स्थित छब्बन खानको जमिनमा रहेको झाडी भित्र लुकाई राखेको ३ थान सालको गोलिया (काठ) बरामद गरेको छ ।

अन्दाजी एक लाख ९६ हजार ५६० रुपैयाँ बराबरको उक्त सालको गोलिया ईलाका प्रहरी कार्यालय हिरिमिनियाबाट खटेको प्रहरी टोलिले फेला पारेको हो । बरामद सालको गोलिया आवश्यक कारबाहीको लागी वन डिभिजन कार्यालय नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • २८ श्रावण २०७८, बिहीबार १९:२१ प्रकाशित
  • Nabintech