युथ नर्स संजाल नेपालले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा नर्सहरुमाथि अन्याय भइरहेको आरोप लगाएको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संजालले केन्द्रमा नर्सहरुमाथि शारिरीक तथा मानसिक यातना दिने काम भइरहेको आरोप लगाएको हो । पत्रकार सम्मेलनमा बोल्दै पीडित नर्स त्रजिना जतीले मानव अंग प्रत्यारोपण केन्द्र प्रशासनले नर्सहरुमाथि सबैखाले शोषण गरेको आरोप लगाइन्।
उनले ६ वर्षयता लगातार काम गर्दै आएको आफूमाथि समेत जुनियर नर्सले थप्पड हान्दा केन्द्र प्रशासनले सुनुवाई नगरेको गुनासो पनि गरिन्। उनले राजनीतिक नेता मार्फत परिवारलाई हातखुट्टा र लास बेपत्ता पारिदिनेसम्मको धम्की दिइरहेको समेत जानकारी दिइन्।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अस्पताल प्रशासनको पीडाबाट त्यहाँ कार्यरत नर्सहरु आत्माहत्या गर्ने तहमा पुगेको समेत पीडित नर्सहरुको दावी छ । १८ महिनासम्म स्वयम् सेवकको रुपमा काम गरेका नर्सहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट जागिर दिलाइयोस् भन्ने माग राख्दा प्रशासनले दमन गर्न थालेको युथ नर्स संजाल नेपालकी अध्यक्ष सजना द्यौलाले बताइन्।
पीडित नर्सहरुले आफूहरुलाई न्याय दिलाउन पनि सम्बन्धित निकायसँग आग्रह गरेका छन्। समस्या बारेमा नेपाल नर्सिङ संघ पूर्ण रुपमा जानकार भए पनि माग पूरा गराउने सवालमा उल्टै नर्सहरुको विपक्षमा लागेको पीडित नर्सहरुको भनाई छ।
स्रोत : लेकालीखबर
१४ असार २०७५, बिहीबार १६:५४ प्रकाशित