बाँकेमा लकडाउन थप, जाेर-बिजाेर प्रणालि लागु
  • काँचुली खबर

बाँकेमा थप एक हप्ता निषेधाज्ञा (लकडाउन) थप गरीएकाे छ । गत बैशाख १३ गतेदेखि बाँकेभरी लागू गरीएकाे लकडाउनकाे समय पुन एक हप्ता थप गरीएकाे हाे ।

यस पटककाे लकडाउन केही खुकुलाे पारिने भएकाे छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार जिल्लाभित्र संचालित सार्वजनिक यातायातका सवारीसाधनमा जोर–विजोर प्रणाली लागू गरिने भएकाे छ ।

यसका अलावा बजार व्यवसाय विहान ९ बजेदेखि ४ बजेसम्म खोल्न दिने पुरानाे निर्णयलाई निरन्तरता दिईएकाे छ भने भिडभाड हुने क्षेत्र जस्तै विद्यालय, कलेज, सिनेमा हल, पार्क, सेमिनार, गोष्ठि, भेला, र्याली र प्रदर्शन लगायतका क्षेत्रमा भने प्रतिबन्ध लगाईएकाे छ ।

दोस्रो लहरको कोभिड-१९ को संक्रमण बढेपछि वैशाख ९ गतेदेखि नेपालगन्जमा र वैशाख १३ गतेदेखि बाँके जिल्लाभरी निषेधाज्ञा जारी गरिएको थियो ।

  • १४ असार २०७८, सोमबार १५:१४ प्रकाशित
  • Nabintech