भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई कुटपिट गर्ने मान बहादुर रावतले प्रहरी हिरासत बाटै स्वास्थ्यकर्मीहरुलाई थप धम्की दिएका छन् । बिहिबार साँझबाट प्रहरी हिरासतमा रहेका रावतले सामाजिक सञ्जाल मार्फत स्वास्थ्यकर्मीहरुसँग बदला लिने धम्की दिएका हुन् ।
अस्पतालमा रावतका दाजु डिल्लीबहादुर रावतको मृत्यु भए लगत्तै उनको अगुवाईमा नर्सिङ स्टाफको घाँटी थिच्ने र अस्पतालको आईसीयू कक्ष तोडफोड भएको थियो । ३ जना नर्स र एक जना चिकित्सकले अस्पतालको पहिलो तलाबाट हाम्फालेर ज्यान बचाएका थिए ।
रावतले आफन्त गुमाउँदाको पिडा कस्तो हुन्छ, याद दिलाउने छौं भन्दै आफुले भेन्टिलेटरमा नराख्न आग्रह गर्दा गर्दै स्वास्थ्यकर्मीले दाईलाई भेन्टिलेटरमा राखेको आरोप लगाएका छन् ।
स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा अस्पताल परिषरमा स्वास्थ्यकर्मीहरु आन्दोलित छन् भने आक्रमणको चौतर्फि विरोध भईरहेको छ ।
चौतर्फि बिरोध भएपछि रावतले अहिले फेसबुकबाट धम्कीपूर्ण सामाग्री हटाएका छन् ।
बलात्कार मुद्धा खेपीसकेका रावतद्धारा स्वास्थ्यकर्मी कुटिए
१४ जेष्ठ २०७८, शुक्रबार १३:५० प्रकाशित