भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै कर्णालीमा पनि सतर्कता अपनाउन थालिएको छ । कर्णाली प्रदेश भित्रिने तीनवटा सीमा नाकामा पुनः ‘हेल्थ डेस्क’ स्थापना गरिने भएको छ ।
कर्णाली प्रदेश भित्रिने नाका सल्यानको कपुरकोट, बाँके र सुर्खेतको सिमाना बबई र पञ्चपुरीको जामुलगायतका स्थानमा हेल्थ डेस्क पुनः स्थापना गर्न लागिएको प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्काले बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
‘भारतमा संक्रमणको दर पुनः बढेपछि कर्णालीमा पनि सतर्कता अपनाउनुपर्ने देखिन्छ, खुल्ला सीमाका कारण नयाँ भाइरस सहजै भित्रिन सक्ने भएकाले हामीले पहिलो चरणमा प्रदेश भित्रिने नाकामा कडाइ गछौं,’ निर्देशक खड्काले भने ।
निर्देशक खड्काका अनुसार ‘हेल्थ डेस्क’मा ज्वरो नाप्नुका साथै कोभिडको लक्षण देखिए एन्टिजोन प्रविधिबाट पीसीआर परिक्षणसमेत गरिनेछ । रिपोर्ट पोजेटिभ आए आइसोलेसनमा राखेर उपचार गरिनेछ । र, सीमा नाकाहरूबाट आउने व्यक्तिहरूको अनिवार्य अभिलेख समेत राखिने छ ।
यस्तै हाल बन्द रहेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पीसीआर प्रयोगशाला जुम्ला, दैलेख अस्पताल र चौरजहारी नगरपालिका रुकुम पश्चिम प्रयोगशालालाई तयारी अवस्थामा राखिनेछ । र, प्रदेशका विभिन्न स्थानमा स्थापना गरिएका आइसोलेसनहरुलाई पनि पुनः स्थापना गरिने निर्देशक खड्काले बताए ।
११ चैत्र २०७७, बुधबार १८:४९ प्रकाशित