१८ बैशाख २०८१, मंगलवार
अन्तराष्ट्रिय योग दिवस मनाईदै
  • काँचुली खबर

अन्तराष्ट्रिय योग दिवसको अवसरमा कोहलपुरमा योग प्रशिक्षण कार्यक्रम हुने भएको छ । कोहलपुरस्थित योग एवं प्राकृतिक स्वास्थ्य समाजको प्राङ्गणमा यहि असार ७ गते बिहान ६ बजेबाट प्रशिक्षण संचालन हुने बताईएको छ ।
कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखा (आयूर्वेद) को आयोजना तथा पतञ्जली योग समिति, द आर्ट लिभिङ नेपाल, योग एवं प्राकृतिक स्वास्थ्य समाज र ब्रह्मकुमारी ईश्वरी विश्व विद्यालयको संयुक्त संयोजनमा शिविर संचालन गर्न लागिएको हो ।
शिविर बारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै योग एवं प्राकृतिक स्वास्थ्य समाजका अध्यक्ष नमप्रसाद शर्माले सबै खाले रोगहरुबाट निःशुल्क रुपमा उन्मुक्ती पाउनकालागि योग पद्धती अचुक उपाय रहेको बताए ।
दिवसको अवसरमा योग प्रशिक्षकहरु काब्या लम्साल, नमप्रसाद शर्मा लगायतले सहभागीहरुलाई योगका बिभिन्न आसन र त्यसको फाईदाका बारेमा प्रशिक्षण दिने बताईएको छ । नेपाल तगायत विश्वभरी एकैसाथ मनाईने योग दिवसमा सहभागी भई लाभ उठाउन योग प्रशिक्षक काब्या लम्सालले आग्रह गरे ।

  • ५ असार २०७५, मंगलवार १८:२१ प्रकाशित
  • Nabintech