१८ बैशाख २०८१, मंगलवार
किसानहरुलाई साना सिचाई सामाग्री वितरण
  • काँचुली खबर

खजुरा गाउँपालिकाले व्यवसायिक कृषि समुह र सहकारीहरुलाई साना सिचाई सामाग्री वितरण गरेको छ । गाउँपालिकामा रहेका ४ वटा कृषक समुह र सहकारीहरुलाई एक कार्यक्रमको आयोजना गरी सामाग्री वितरण गरीएको हो ।

साना सिचाई सामाग्री वितरण गर्दे गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले पाएको सामानको सहि सदुपयोग गर्न किसानहरुलाई अनुरोध गरे । कक्षपतिले खजुरालाई कृषिमा आत्मनिर्भर गराउने उद्देश्यले नयाँ योजना ल्याउन लागेको बताए । उनले यो वर्ष कृषिमा निशर्त बजेट आएको भन्दै आगामि वर्षमा कृषिमा क्षेत्रगत रुपमा बजेट ल्याउने तयारी गाउँपालिकाले गरेको जनाए ।

गाउँपालिका कृषि शाखाको अनुदान सहयोगमा वितरण गरीएको साना सिचाई सामाग्रीमा बोडिङ्ग सेट, पम्पसेट, मोटर, सिचाई पाइप रहेको थियो । खजुरा गाउँपालिका कृषि शाखाले साना सिचाई खरिदमा २ लाख ९१ हजार रुपैया अनुदान सहयोग दिएको थियो भने कृषक समुहले ३६ हजार ६ सय ६० रुपैया स्वयम लगानि गरेको गाउँपालिका कृषि शाखाका प्रमुख सुरेन्द्र ठाकुरले जानकारी दिए ।

खजुरा गाउँपालिका वडा नम्बर २ सि गाउँमा रहेको शिव शंकर कृषक समुह, वडा नम्बर २ को लालीगुराँस कृषक समुह, वडा नम्बर ७ बठुवामा रहेको हरियाली कृषक समुह र वडा नम्बर ३ विगाउँमा रहेको दिप ससक्तीकरण कृषि सहकारी सस्थालाई वितरण गरीएको गाउँपालिकाले जनाएको छ ।

  • ३१ जेष्ठ २०७५, बिहीबार १८:२९ प्रकाशित
  • Nabintech