१८ बैशाख २०८१, मंगलवार
बालकृष्ण ढुङ्गेललार्इ अाममाफी दिनुकाे कारण पेस गर्न अाेली सरकारलार्इ सर्वाेच्चकाे अादेश
  • काँचुली खबर

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई आम आफी दिनुको कारण पेश गर्न आदेश दिएको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजालसले २४ घण्टा भित्र कारण पेश गर्न सरकारका नाममा आदेश दिएको हो ।

सरकारले गणतन्त्र दिवसको अवसरमा ढुङ्गेललाई माफी दिने तयारी गरेको समाचार सार्वजनिक भएपछि अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दयर गरेका थिए । आम माफीको पक्रिया रोक्न आग गर्दै त्रिपाठीले बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

गणतन्त्र दिवसको दिन सरकारले ढुंगेललाई आममाफी दिनेसहितको प्रस्ताव मन्त्रिपरिषद्मा लाने तयारी गरिएकाे थियाे । ढुंगेल  डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका छन् । उनलार्इ असल कारागार नियमावली अनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलन भएमा कैद मिनाह गर्ने व्यवस्था छ । साेही अनुसार सरकारले ढुङ्गेललार्इ अाम माफी दिने तयारी गरेकाे थियाे ।

गत वर्षको कार्तिक १४ गते पक्राउ परेका ढुङ्गेलले यसअघि पनि एउटै मुद्धामा जेल परिसकेका छन् । अघिल्लाे पटक जेल बसेकाे समयलार्इ समेत जाेडेर सरकारले ढुङ्गेललार्इ कैद मिनाहा गर्ने तयारी गरेकाे थियाे । तर अदालतकाे अादेशले अब उनकाे अाम माफी हुने नहुने अन्याेलमा परेकाे छ ।

  • ११ जेष्ठ २०७५, शुक्रबार १८:१८ प्रकाशित
  • Nabintech