नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुुर र
यूएसआइडी/एफएचआई ३६० को सहकार्यमा सन्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत २१ जिल्लाका ८ वटा नागरिक समाजको संस्थाका
सामुदायिक अनुुसन्धानकर्तालाई २ दिने पैरवीका लागि तालिम नेपालगन्जमा सम्पन्न भएको छ । सो तालिमका सहभागीहरुले राज्यबाट प्रदान हुने शिक्षा, स्वास्थ्य, कृषिका सेवा प्रवाहमा नागरिकहरुलाई कसरी सहज तरिकाले पहुच पुरयाउन सकिन्छ भन्ने पैरवीका लागि सहजीकरणको सीपहरु सिकेका थिए ।
तालिममा नेपाल सहभागितामुलक कार्य समुुह (नेपान) का क्षमता विकास विज्ञ गोविन्दराज पौडेल, नेपाल राष्ट्रिय समाज कल्याण संघ कञ्चनपुरका कार्यक्रम प्रबन्धक बिनोदविक्रम जैरु, एफएचआई ३६० का पैरवी विज्ञ भोला
भट्टराई, हरप्लेसका कार्यक्रम प्रबन्धक टेक बहादुर रानाले अनुसन्धानका विधिहरु, सहजीकरणका सीपहरु, पैरवी योजना प्रक्रिया, सवाल पहिचानका विषयमा सहजीकरण गरेका थिए ।
तालिममा अनुसन्धान के हो ? अनुसन्धानका विधिहरु, सूचनालाई पैरवीमा कसरी प्रयोग गर्ने, समन्वय र सहकार्य, समूह केन्द्रित छलफल, सामुदायिक नंक्साकन, सेवा नंक्साकन र अवलोकन पैरवी योजना प्रक्रिया बारे छलफल समेत गरिएको थियो त्यसै गरी पैरवीका लागि प्रमाण संकलन गर्ने प्रक्रिया, सहजीकरण सीप, सार्वजनिक सेवा प्रवाह गर्ने योजना र प्रक्रिया, प्रतिवेदन लेखन सीप र अन्य सामाजिक संघसंस्थासंग सहकार्य र समन्वय गर्ने सीप बारे सहजीकरण गरिएको थियो ।
६ पुष २०७५, शुक्रबार २०:०० प्रकाशित