वीपी चोकमा १४ लाखको ‘हाइमास्ट लाइट’
  • काँचुली खबर

नेपालगन्जको वीपी चोकमा १४ लाख रुपैयाँको लागतमा हाइमास्ट लाइट जडान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा र उपप्रमुख उमा थापा मगरले बुधबार राति बत्ती बालेर ‘हाइमास्ट लाइट’ शुभारम्भ गरे।

१६ मिटर अग्लो खम्बामा चार सय वाट क्षमताका ८ वटा एलइडी चिम राखिएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाले हाईमास्ट लाईट निर्माणकालागि स्थानिय उपभोक्ता समितीलाई जिम्मा दिएको थियो । पहिलो लाईट जडानबाट आएको प्रतिक्रियाका आधारमा नगरका अन्य क्षेत्रमा समेत हाईमास्ट लाईट जडानको योजनामा रहेको उपमहानगरका प्रमुख राणाले बताए । राणाका अनुसार नगरभित्र ५ ठाँउमा यस प्रकारको लाईट जडान गर्ने योजना बनाईएको छ ।
राती बल्ने र दिनमा आफै बन्द हुने स्वचालित प्रविधिको उक्त लाईट जडानमा करिव १४ लाख रुपैयाँ लागेको उपभोक्ता समितिका अध्यक्ष नीजामुद्धिन सिद्यीकी (मुन्ना) ले जानकारी दिए । लखनउको पावर प्याक इलेक्ट्रीनिक कम्पनीमार्फत ल्याइएको मास्टको ३ वर्ष सम्म ग्यारेन्टी रहेको मुन्नाले दाबी गरे ।

  • २५ आश्विन २०७५, बिहीबार १५:२१ प्रकाशित
  • Nabintech