१५ बैशाख २०८१, शनिबार
गोली चल्यो, वडाध्यक्षका काकाको मृत्यु
  • काँचुली खबर

सर्लाही – सर्लाहीमा स्थानीयको गोली प्रहारबाट कांग्रेस कार्यकर्ता रामविलाश महतोको मृत्यु भएको छ ।  मृतक रामनगर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामनरेश महतोका काका हुन् । वडाध्यक्ष महतोले आफ्ना काकाको मृत्यु भएको पुष्टि गरे ।  वडाध्यक्षलाई दुर्व्यवहार गरिएको भन्दै शुरू भएको विवादले उग्ररूप लिँदा गोली चलेको हो ।  दुर्व्यवहारका क्रममा घाइते वडाध्यक्ष महतोको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

  • १३ कार्तिक २०७५, मंगलवार १५:१९ प्रकाशित
  • Nabintech