वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले आईतबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरभित्रका औषधि पसलको अनुगमन गरेको छ । कोरोना बिरामीहरुको उपचारकालागि...
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने 'अक्सिजन लिक्विड' आइपुगेको छ । आईतबार दिउँसो 'अक्सिजन लिक्विड' बोकेको ट्याङकर अस्पताल परिसरमा पुगेको हो । बिरगन्ज नाका हुँदै आएको उक्त अक्सिजन लिक्विड...
बाँकेमा उपचाररत कोरोना भाईरस संक्रमितमध्ये थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगन्जमा ५ र नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा ३ गरी ८ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेहरुमा भेरीमा उपचार गराईरहेका बढैयाताल-१ बर्दियाका ३०...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आईतबार बिहान सवा ८ बजेतिर सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस पोष्ट गरे । कोरोनाले ग्रस्त बाँकेको कोहलपुर, दाङ र रुपन्देहीकालागि आवश्यक अक्सिजन लिक्विड र अक्सिजन सिलिण्डर आईपुगेको जानकारी दिदै मुख्यमन्त्री...
नेपालगन्जका व्यवसायी एवं समाजसेवी ललित रौनियारले नेपाल पत्रकार महासंघ बाँके शाखालाई स्वास्थ्य सामाग्री उपलब्ध गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरको उपस्थितीमा शनिवार एक कार्यक्रमका बीच रौनियारले महासंघ बाँकेका अध्यक्ष दामोदर...
बाँकेको कोहलपुर नगरपालिकाले कोरोना भाईरसबाट संक्रमित भई होम आईसोलेशनमा बसेकाहरुलाई चिकित्सकीय परामर्श सहितको सेवा सुरु गरेको छ । कोरोनाबाट संक्रमित नगरवासीहरुलाई उनिहरुकै घरमा पुगेर आवश्यक परामर्श सहितको चिकित्सकीय सेवा प्रवाह गर्ने उद्धेश्यले...
कोरोना भाईरसबाट संक्रमित भएर उपचार गराईरहेका थप ३ जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ३ जनाको शनिबार मृत्यु भएको हो । मृत्यु हुनेमा २ जना नेपालगन्जका र १ जना जानकी गाँउपालिकाका रहेका...
बाँकेबाट एकैदिन ठुलो सँख्यामा कोरोना संक्रमित कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना भाइरसको हटस्पट बनेको बाँकेबाट शनिबार एकैदिन ४०९ जना व्यक्ति डिस्चार्ज भएका छन् । बाँकेका कोरोना फोकल...
बाँकेमा शुक्रबार ठूलो संख्यामा काेराेना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ७ सय ३१ जनामा भाइरस संक्रमण पुष्टि भएको हाे । जिल्ला काेभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालमा...
नेपालमा कोरोनाको प्रभाव भयावह रुपमा देखिन थालेको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितले उपचार नपाएर छटपटिदैं मृत्युवरण गरेको समाचार बनिरहँदा नेपालमा समेत त्यसप्रकारको दृष्य देखिन थालेको छ । बाँकेकै सन्दर्भमा कुरा गर्ने हो भने कोरोना संक्रमितहरुले...