युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)लाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का पदाधिकारीहरुले स्वागत तथा सम्मान गरेका छन । राखेपका अध्यक्ष समेत रहेका मन्त्री अथकलाई बुधबार दशरथ रंगशालामा...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेल क्षेत्रमा नयाँ क्रान्ति आवश्यक रहेको बताएका छन । मंगलबार नेपाल अन्तराष्ट्रिय तथा राष्ट्रिय खेलाडी संघका पदाधिकारीहरुसँगको भेटघाटका क्रममा मन्त्री अथकले नेपाली खेल क्षेत्रको विकासकालागि नयाँ...
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपपछि नेपाल नआई कतार पुगे । भारतसंगको फाइनल खेलअघि उनले त्यही खेल नै नेपाली टिमसंग आफ्नो अन्तिम खेल हुनेसमेत घोषणा गरे । साफले प्रतिबन्ध लगाएपछि...
सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बर्खास्तीको प्रक्रिया अघि बढाउने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले काँचुली खबरलाई जानकारी दिए...
सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई ५/५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३/३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । साफ च्याम्पियनसिपको...
पहिलोपटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा आयोजना भएको १३औँ साफमा नेपाल दोस्रो भएको हो । नेपाल फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो...
‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर भएका छन । जापानको नायोगा...
नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले बाँके जिल्लालाई खेलकुदको क्षेत्रबाट नयाँ उचाईमा पुर्याउने बताएका छन । आइतबार बिहान नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटी र योङ कम्युनिस्ट लिग बाँके जिल्ला समितिले संयुक्त...
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई नेपाल फर्काउने प्रयास भईरहेको बताएका छन । गृहजिल्ला बाँकेमा रहेका मन्त्री अथकले प्रेस सेन्टर बाँकेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अलमुताइरीलाई...
माल्दिभ्समा जारी १३औँ संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज शनिबार हुँदैछ । राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुने छ । आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित...