जीवनभर जुन सिद्धान्त र व्यक्तिलाई आदर्श मानियो त्यसैलाई गाली गरेर, सरापेर दिन विताउन कति कठिन होला । १ महिना अघिसम्म जसलाई महान भनियो उसलाई अहिले रातारात तुच्छ सावित गर्न कति कठिन पर्ला...
सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ । करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने छ । करारमा कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आजै...
सिक्टा सिचाई आयोजनाको नहरमा फसेको निलगाईको सकुशल उद्धार गरीएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुर र बन कार्यालयको संयुक्त प्रयासमा आईतबार बिहान निलगाईको उद्धार गरीएको हो । कोहलपुर नगरपालिका ४ रझेनास्थित नहरमा फसेको निलगाई बाँके राष्ट्रिय निकुञ्जबाट...
बाँकेमा शनिबार कोरोनाका ८ जना नयाँ संक्रमित थपिएका छन । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा ४ महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालको ल्यावमा गरीएको परिक्षणमा ७ र नेपालगन्ज...
उपचारका क्रममा बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचार गराईरहेका शान्तिनगर-६ दाङका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुषको मेडिकल कलेज नेपालगन्जमा स्वाव परीक्षण गरिएको थियो...
ईलाका प्रहरी कार्यालय कोहलपुरले सामुहिक रुपमा मोटरसाईकल चोरी गर्ने गिरोहलाई नियन्त्रणमा लिएको छ । माघ ५ गते कोहलपुर ५ रझेनाबाट हराएको २ सय २० सिसिको मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मोटरसाईकल हराएको...
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको अध्यक्षमा साहित्यकार तथा संचारकर्मी कपिल न्यौपाने (अञ्जान) चयन भएका छन । शनिबार सम्पन्न प्रतिष्ठानको चौथो साधारण सभाले न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । जसको...
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको अध्यक्षमा साहित्यकार तथा संचारकर्मी कपिल न्यौपाने (अञ्जान) चयन भएका छन । शनिबार सम्पन्न प्रतिष्ठानको चौथो साधारण सभाले न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । साधारणसभा अझैं जारी छ । थप विवरण...
कोभिड-१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारतले अनुदानमा उपलब्ध गराएको खोप सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । भारतबाट ल्याएपछि खोप स्वास्थ्य...
आज नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ । जसकारण देशका केही भागमा बदली भई सामान्य वर्षासमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ । तराई भू-भागहरुमा...