बालविवाह नियन्त्रणमा सहयोगी बन्दै ‘बाल हेल्पलाईन’
  • काँचुली खबर

बाल हेल्पलाईन संचालनमा आएपछि बालविवाह नियन्त्रणमा सहज भएको छ । सिविन हेल्पलाइन नेपालगञ्जका प्रमुख सिद्धराज पनेरुका अनुसार पछिल्ला ९ महिनामा बाँके ३ वटा बाल बिवाह रोकिएको छ । १०९८ मा फोन गरेपछि सिविन हेल्पलाईनले बाल बिवाह हुदैछ भन्ने जानकारी प्रहरीमा गराएपछि प्रहरीले बाल बिवाह रोकेको हो ।
बाँकेमा जनवरीयता ८३६ जना अभिभावकले विभिन्न बला समस्यामा आधारित भई हेल्पलाईनमा सम्पर्क गरेका छन् । यस अवधीमा २५५ बालबालिकाले सम्पर्क गरेका छन् । आर्थिक अवस्था कमजोर भएको भन्दै अधिकाँश फोन आउने गरेको सिविनले जनाएको छ । यसैबीच सिविनले बालमुद्दाका विषयमा बिहिवार बाँकेमा क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ ।

  • ११ आश्विन २०७५, बिहीबार १८:१६ प्रकाशित
  • Nabintech