कुटोको बिडले हानेर श्रीमतीको हत्या
  • काँचुली खबर

बाँकेको जानकी गाउँपालिका-६ गनापुरमा एक ब्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन । गनापुरस्थित फारामटोलमा रहेको माइतीघरमा बस्दै आएकी एक महिलालाई उनकै श्रीमानले कुटोको हिडले प्रहार गर्दा महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।
सोमबार राति श्रीमानको कुटाइबाट घाइते भएकी २४ वर्षकी जानकी गिरिको बुधबार बिहान शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अरुण पौडेलले जानकारी दिए ।
श्रीमानले जानकीलाई कुटोको बिडले प्रहार गरेको प्रहरीले जनाएको छ । सुरुमा अस्पतालमा ल्याउँदा बाहिरबाट चोट लागेको नदेखिएको र अवस्था सामान्य रहेको भनिएपछि बुधबार बिहान जानकीको उपचारकै क्रममा अस्पतालमा ज्यान गएको हो ।
जानकीका श्रीमान भने फरार रहेका छन् । घटनापछि नै फरार रहेका जानकीका श्रीमानको खोजी कार्य भइरहेको जनाएको छ । जानकीका श्रीमान ३/४ महिनादेखि ससुरालमा पत्नीसँगै बस्दै आएको प्रहरीले जनाएको छ । उनले शवको पोष्टमार्टम गरी शव परिवारलाई बुझाउने प्रहरीले जनाएको छ ।
जानकीका श्रीमान भारतमा रोजगारी गरी चार महिनाअघि मात्रै नेपाल फर्केका थिए । जानकीका दुई सन्तान छन् ।

  • १० आश्विन २०७५, बुधबार १९:१२ प्रकाशित
  • Nabintech