निल सागरद्धारा सद्भाव दुत घोषणा
  • काँचुली खबर

फेस अफ नेपालगन्ज-२०१८ का विजेता टिमलाई सद्भाव दुत घोषणा गरिएको छ ।
एक वर्षको लागि नीलसागर असहाय अशक्त तथा जेष्ठ नागरिक पुनस्थापना केन्द्र नेपालगन्जले फेस अफ नेपालगन्जका विजेता तथा फेस अफ नेपालगन्जका संयोजक र कार्यक्रम कोडिनेटरलाई सद्भाव दुत घोषणा गरेको हो । फेस अफ नेपालगन्ज २०१८ का विजेता सिजन शाह र मनोज घर्तिमगर, उपविजेता श्रुती राना र सुरज लिम्बु, सहविजेता कुसुम उप्रेती, रेनिस सिह परियार, कार्यक्रम संयोजक प्रकाश कुवर र कार्यक्रम कोडिनेटर विमल भण्डारीलाई सदभाव दुत घोषणा गरेको निलसागर बृद्धाआश्रमका अध्यक्ष सरिता खनालले जानकारी दिए ।

सदभाव दुत घोषणा कार्यक्रममा विजेता सिजन शाहले फेस अफ नेपालगन्जले धेरै कुरा सिकाएको बतताए । फेस अफ नेपालगन्जले आफुमा आत्मविश्वास बढाएको उनले दाबी गरे । ताज जित्नुमात्र ठुलो कुरा नभई यसलाई राम्ररी निर्वाह र समाजसेवा गरेर देखाउनु ठुलो कुरा भएको विजेता शाहले बताए ।
यस्तै अर्का विजेता मनोज घर्तिमगरले फेस अफ नेपालगन्जमा भाग लिएर आफुमा आत्मबल र क्षमताको विकास भएको बताए । जित्नुमात्र ठुलो कुरा नभई अव समाजमा भएको कुरिती र विसंगतिको बिरुद्धमा सक्रिय भएर लाग्ने बताए ।
सदभाव दुुत घोषणा कार्यक्रममा समाजसेवी विजय कुमार गुप्ता, अधिवक्ता लोक बहादुर शाह, विजेता टिमका अभिभावकहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

  • १० आश्विन २०७५, बुधबार १७:२४ प्रकाशित
  • Nabintech