साँगितिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका दुई जना ब्यक्ति सम्मानित हुने भएका छन । यहि असोज १२ गते हुन गईरहेको राष्ट्रिय संगितकर्मी संघ बाँकेको जिल्ला अधिवेशनका अवसरमा डेउडा गायक नरेन्द्रराज रेग्मी र वरिष्ठ संगितकार सुनिल सागरलाई सम्मान गर्ने कार्यक्रम तय भएको राष्ट्रिय संगितकर्मी संघ बाँके शाखाका अध्यक्ष बलु तामाङले जानकारी दिए ।
बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत अध्यक्ष तामाङले संघको प्रथम जिल्ला अधिवेशन तथा सम्मान कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

प्रथम जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति समेत चयन गरिने संघका सचिव ओम शर्माले जानकारी दिए ।
बाँके जिल्लामा छरिएर रहेका कलाकारहरुलाई संगठित गर्नुकासाथै यस क्षेत्रको कला संस्कृतीको संरक्षणकालागि भविश्यमा संगित संग्राहलयको स्थापना गर्ने आफुहरुको योजना रहेको शर्माले बताए ।
कार्यक्रममा सहभागी हुन राष्ट्रिय संगितकर्मी संघका केन्द्रिय उपाध्यक्ष राजेन्द्र कुमार कार्की, प्रदेश नं. ५ का संयोजक थानेश्वर अधिकारी, राष्ट्रिय कलाकार अर्जुन सोनाम लगायत अन्य विशिष्ठ ब्यक्तीहरु कोहलपुर आउने कार्यक्रम तय भएको संघका सचिव शर्माले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
१० आश्विन २०७५, बुधबार १७:०६ प्रकाशित