बाँकेका शंकर लामिछाने नेपालकै उत्कृष्ट अभिकर्ता घोषित
  • काँचुली खबर

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको राष्ट्रिय अभिकर्ता भेला चितवनको सौराहमा सम्पन्न भएको छ । यहि असोज १ गते सम्पन्न उक्त भेलाले देशैभरबाट सर्वोत्कृष्ट हुन सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ । देशैभरका अभिकर्ताहरुमध्ये बाँके नेपालगञ्ज शाखाका शंकर लामिछाने सर्वोत्कृष्ट घोषित भएका छन । नेपाल टप हुँदै लामिछाने ३ लाख ४० हजार नगद राशी सहित सम्मानित भएका छन ।
व्यवसाय डाउनलाइनबाट ४ करोड ९६ लाख ५ हजार ८५ प्रिमियम संकलन गरेका लामिछाने सर्वोत्कृष्ट भएका थिए भने ४ करोड १ लाख ७९ हजार १ सय ९५ प्रिमियम संकलन गंगाकुमारी शर्मा दोस्रो र ३ करोड ४३ लाख ४५ हजार ३ सय ४ रुपैया प्रिमियम संकलन गरी नेपालगन्ज शाखाकै तुलसी थापा तितृय हुन सफल भईन ।
त्यसैगरी व्यक्तिगत तर्फ नेपालगञ्ज शाखाका विजय कुमार पाठकले १ करोड ४२ लाख, काठमाडौं तिनकुने शाखाका अर्जुन घिमिरेले १ कारोड २७ लाख ३७ हजार ३ सय ६ र पाल्पाकी संगीता भट्टराईले १ करोड १८ लाख ७ हजार ४ सय ५ प्रिमियम संकलन गरी क्रमश प्रथम दोश्रो र तेश्रो भएका छन ।
कम्पनिले हरेक वर्ष देशभरबाट चेयर पर्सन क्लवमा छनौट हुन सफल अभिकर्ताहरुको सम्मानकालागि विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ । यस वर्ष देशभरबाट झण्डै ३ सय अभिकर्ताहरु सहभागि भएको कम्पनीले जनाएको छ । चितवनको सौराहा स्थित होटल प्याराडाइजमा भएको सो कार्यक्रममा देशभरबाट आ.व ०७४/०७५ मा उत्कृष्ट हुने अभिकर्ताहरुलाई कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी शाहले प्रमाणपत्र र दोसल्ला सहित सम्मान गरेकी थिईन । कम्पनीले वार्षिक लक्ष्य पुरा गरी देशभरबाट छनौट भएका अभिकर्ताहरुलाई राष्ट्रिय चाडको रुपमा हरेक वर्ष चेयरपर्सन सदस्य सम्मान कार्यक्रम गर्दै आएको छ ।
कम्पनीले गत वर्षदेखि उत्कृष्टहरुलाई विश्व भ्रमण गर्ने योजना अनुसार युरोप भ्रमण सुरु गरेको थियो । गत वर्ष ८ जनाले युरोप भ्रमण गरिसकेको कम्पनीले जनाएको छ । यसवर्ष १२ जना युरोप भ्रमण, ६९ जना सिंगापुर दुवई र मलेशिया मध्य कुनै एक देशमा भ्रमण र १ सय १८ जना थाइल्याण्ड भ्रमणमा छनौट भएको कम्पनीका एजेन्सी विभाग प्रमुख सुशिल प्रताप राणाले जानकारी दिए ।

  • ७ आश्विन २०७५, आईतवार २०:०६ प्रकाशित
  • Nabintech