घरेलु कामदारका रुपमा कुबेत पुगेकी एक महिलाको हत्या भएको छ । सुनसरीकी ४५ वर्षीया पेशलमाया राईको छुरी प्रहार गरी मालिकका छोराबाट हत्या भएको हो ।
राईको ३ अगस्टमै हत्या भएको खुलासा भएको छ । हत्यामा संलग्न नागरिक पुर्पक्षका लागि थुनामा रहेका छन् । उनको राहदानी नम्बर ०६५५६१९६ र नागरिकता नम्बर २४८ रहेको छ । दूताबासले राईको परिवारसँग सम्पर्क हुन नसकेको र शव नेपाल पठाउन कठिन भइरहेको बताएको छ । राई २०७० भाद्र ४ गते व्यक्तिगत भिसामा घरेलु महिला कामदारका रुपमा कुबेत गएकी हुन् । नेपाली दूताबास कुबेतले राईका परिवारजनलाई खबर पुर्याइदिन अपिल गरेको छ ।
७ आश्विन २०७५, आईतवार १९:०७ प्रकाशित