जताततै बलात्कारका घटना बडिरहेको बेला भारतमा एक किशोरीले बलात्कारबाट बचाउ गर्ने पेन्टी आविष्कार गरेकी छिन । सात वर्षीया बालिकामाथि बलात्कारपछि हत्या भएको घटना सुनेपछि उनले महिलालाई बलात्कारबाट बचाउन यस्तो उपाय निकालेकी हुन् । उत्तर प्रदेशकी १९ वर्षीया बीएस्सीकी छात्रा सिनु कुमारीले ‘रेप प्रुफ पेन्टी’ आविष्कार गरेकी हुन् ।
यो आम पेन्टीभन्दा फरक छ । जहाँ विद्युतीय सामग्री र प्रविधिको प्रयोग गरिएको छ । पेन्टीमा स्मार्ट लक लगाइएको छ, जुन पासवर्डले मात्र खुल्नेछ । त्यस्तै, पेन्टीमा जीपीआरएस प्रविधि जोडिएको छ । जसको मद्दतबाट महिलाको उपस्थिति कहाँ छ भन्ने पत्ता लाग्नेछ । त्यस्तै, पेन्टीमा जडित रेकर्डरले घटनास्थल वरिपरिको आवाजहरूलाई रेकर्ड समेत गर्नेछ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उत्तरप्रदेशको फरुर्खाबाद जिल्लाको एक साधारण परिवारकी सिनुले दिनहुँ घट्ने बलात्कारका घटनाबाट आजित भएर यस्तो पेन्टी बनाएको बताए । ‘म दिनहुँ घट्ने बलात्कारका घटनाबाट दुःखी थिएँ, एक दिन वर्षीया बालिकाको बलात्कारपछि गला दबाएर हत्या गरिएको समाचार पढें,’ उनले भनिन्, ‘त्यसपछि नै मैले बलात्कार नियन्त्रणका लागि केही गर्नुपर्छ भन्ने लागेको थियो ।’

उनले बलात्कारबाट बचाउने पेन्टी आविष्कार गर्ने योजना अनुसार पेन्टी बनाएको बताइन् । ‘एक महिनाको मिहेनतपछि मैले यो पेन्टी तयार पारेकी हुँ,’ उनले अगाडि भनिन् ।
पेन्टी ब्लेट फ्रुफ कपडाबाट बनाइएको छ । जसलाई चक्कु वा ब्लेटले काट्न सकिँदैन् । न कि यो कपडा जलाउन सकिन्छ । यसमा एउटा बटन लगाइएको छ जसलाई दबाउनासाथ १०० वा १०९० नं. मा स्वचालित रूपमा फोन जान्छ ।
त्यसपछि प्रहरी पेन्टीमा जडित जीपीआरएसको सहायताबाट महिला भएको स्थानसम्म पुग्नेछन् । उनले यसलाई अझ सुधार र परिष्कृत गर्दै लान सकिने समेत बताइन् । यस पेन्टीको नमुना तयार गर्न उनलाई ५ हजार रुपैयाँ खर्च लागेको उनले जानकारी दिइन् ।
७ आश्विन २०७५, आईतवार १४:५० प्रकाशित