काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरेले आइतबार जीवनको सयौँ बसन्तमा टेकेका छन् । उनको शताब्दीऔँ जन्मदिन हो । घिमिरेको जन्म वि.सं.१९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको हो । जन्मिएको तीन वर्षमै उनले आमा गुमाएका थिए । सय पटकसम्म जन्मदिन मनाउन पाउने विरलै सौभाग्यशाली व्यक्तिमा पर्छन् घिमिरे । आफूसँगैका धेरै प्रतिभाशाली साथीलाई निकै अघि नै संसारबाट बिदा भएको देखेका उनी देशका धेरै राजनीतिक घटनाक्रम र परिवर्तनका साक्षी पनि हुन् ।
७ आश्विन २०७५, आईतवार ०८:४३ प्रकाशित