सरकारबाटै संविधानमाथी खतरा बढ्दैछ : प्रवक्ता शर्मा
  • काँचुली खबर

नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले सरकार आफैले संबिधानलाई खतरामा पार्दै गइरहेको आरोप लगाएका छन ।  प्रेस यूनियन बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रबक्ता शर्माले सरकारको कार्यशैलीले नै संबिधान खतरामा पर्दै गएको बताए ।
उनले संबिधानलाई खतरामा पर्न नदिन प्रधानमन्त्री केपी शर्मा ओली गम्भिर बन्नु पर्ने बताए। संबिधानको रक्षाका लागी नेपाली काँग्रेसले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउँदै शर्माले संबिधानको साख जोगाई राख्नकालागी हालसम्म नेपाली काँग्रेसले सरकार बिरुद्धका कुनैपनि गतिबिधी संचालन नगरेको समेत दावी गरे ।

एक अलग प्रसङ्गमा बोल्दै शर्माले आगामी मंसिर ५ गते देखी ९ गते सम्म नेपाली काँग्रेसको महाधिवेशन बैठकको आयोजना गरिएको बताए । महासमितिको बैठकमा पेश हुने राजनीतिक प्रस्ताव, बिधान सांगठनीक प्रस्तावहरु बन्ने क्रममा रहेको शर्माको भनाई छ । नेपाली काँग्रेस पार्टीलाई क्रमश रुपान्तरमा लैजान लागिएको जानकारी गराँउदै सरकारले पनि आफुलाई रुपान्तरण गर्दै लैजानुपर्ने शर्माले सुझाब दिएका छन ।
सरकार गठन भएको ६ महिना मात्रै भएकाले बर्तमान सरकारको कामको आलोचना गर्ने समय भईनसकेको बताउँदै प्रबक्ता शर्माले शान्ति सुरक्षाको सन्दर्भमा भने सरकार कमजोर देखिएको टिप्पणी गरे । दुई तिहाईको साथले प्रधानमन्त्री बलियो नहुने भन्दै कार्यक्षमताले मात्रै प्रधानमन्त्रीलाई बलियो बनाउने उनको भनाई रहेको थियो ।

  • ६ आश्विन २०७५, शनिबार १७:३७ प्रकाशित
  • Nabintech