२१ तोला सुनसहित नेपालगञ्जका सुन व्यवसायी सुर्खेतमा पक्राउ
  • काँचुली खबर

नेपालगञ्ज उपमहा नगरपालिका–१४ सुनारमण्डीस्थित नयाँ राज ज्वैलर्सका सञ्चालक सहबुद्दिन जसगढलाई पक्राउ गरिएको पुष्टी जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्याम सिंह चौधरीले गरेका छन् ।

जसगढले भे ५ प १८ नम्बरको मोटरसाईकमलमा सुन लुकाएर ल्याउँदै गरेको विशेष जानकारीका आधारमा पक्राउ गरिएको प्रवक्ता चौधरीले बताए । ६ नम्बर प्रदेश प्रहरी कार्यालयका विशेष टोलीले चेकजाँच गर्न खोज्दा जसगढ भगेका थिए’ प्रवक्ता चौधरीले भने, ‘सुब्बाकुनाको चेक प्वाइन्ट भन्दा तीनसय मिटर पर भागिसेका जसगढलाई प्रहरीले पिछा गरेर पक्राउ गरेको हो ।’

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रहरीले उनको साथबाट विभिन्न सुनका गरहना अन्दाजी २१ तोला ७९ ग्राम पठ्ठरसहित बरामद गरेको छ । उक्त सुनको बजार मुल्य १२ लाखको रहेको प्रवक्ता चौधरीले बताए । जसगढलाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरलार्इ बुझाएर थप अनुसन्धान अघि बढाएको सुर्खेत प्रहरीको भनाई छ ।

#paschimepal.com

  • ६ आश्विन २०७५, शनिबार १५:१९ प्रकाशित
  • Nabintech