ज्ञानज्योती मा.वि. कोहलपुरमा नयाँ शैक्षिक भवनको उद्घाटन गरिएको छ । भवन उद्घाटन भएसँगै विद्यालयमा सिभिल ईञ्जिनियरिङ कक्षाहरु समेत संचालन गरिएका छन ।
प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज ‘अथक’ ले नव निर्माणाधिन भवनको उद्घाटन गरेका हुन । शुत्रबार एक कार्यक्रमका बिच संघिय साँसद अथकले ४ कोठे विद्यालय भवनको उद्घाटन गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गहतराजले विद्यालय हाताभित्र निर्माण गरिएको शिलालेख सहितको स्तम्भको समेत उद्घाटन गरेका थिए ।
उक्त अवसरमा बोल्दै साँसद गहतराजले दक्ष जनशक्ति उत्पादनका लागि ज्ञानज्योती मा.वि. ले सुरु गरेको अभियान निकै सान्दर्भिक रहेको उल्लेख गर्दै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरेका थिए ।

उद्घाट शत्रमा ५ नम्बर प्रदेश साँसद कृष्णा के.सी. नमुना, कोहलपुर नगर बिकास समितीका अध्यक्ष अवराज खड्का, नेकपाका नेता अशोक कोइराला, बागेश्वरी क्याम्पसका अध्यक्ष नरेन्द्र न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
स्थानिय स्तरमै सिभिल ईञ्जिनियरिङका कक्षाहरु संचालन गरी दक्ष जनशक्ती उत्पादन गर्ने उद्धेश्यले कक्षा संचालन सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ पराजुलीले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

६ आश्विन २०७५, शनिबार ००:२४ प्रकाशित