१७ बैशाख २०८१, सोमबार
नेकपाले टुंग्यायो प्रदेश नेतृत्व (नामसहित)
  • काँचुली खबर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले लामो प्रयासपछि प्रदेश नेतृत्व टुंग्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिव लगायतको नेतृत्व तोकेको हो ।

७ प्रदेश मध्ये ६ वटाको नेतृत्व विघटित एमाले पक्षका नेताले पाएका छन् । कर्णाली प्रदेशमा भने विघटित माओवादी केन्द्र पक्षले नेतृत्व गर्ने अवसर पाएको छ । प्रदेश ४ र ५ मा मुख्यमन्त्रीले नै नेतृत्वको बागडोर समाल्ने भएका छन् ।

सचिवालय बैठकले प्रदेश नेतृत्वलाई पूर्णता दिने र जिल्ला नेतृत्व छनौट गर्ने अधिकार जिम्मा इन्चार्च, सहइन्चार्ज, अध्यक्ष र सचिवलाईलाई दिएको छ ।

उपप्रधान तथा एवं मन्त्री तथा सचिवालय ईश्वर पोखरेलले प्रदेश इन्चार्च, सहइन्चार्ज, अध्यक्ष र सचिवलाई सबैलाई समेटेर नेतृत्व छनोट गर्ने अधिकार दिइएको जानकारी दिनुभयो । अध्यक्षमा भने पूर्व माओवादीले चार र पूर्व एमालेले तीन पद पाएका छन् ।

कसले के पाए ? सूचीसहित 

प्रदेश नम्बर १

इन्चार्ज – भीमप्रसाद आचार्य
सहइन्चार्ज– सावित्री काफ्ले
अध्यक्ष– देवराज घिमिरे
सचिव– सुरेशकुमार राई

प्रदेश नम्बर २

इन्चार्ज– सत्यनारायण मण्डल
सहइन्चार्ज– विश्वनाथ साह
अध्यक्ष– प्रभु शाह
सचिव– सुमनराज प्याकुरेल

प्रदेश नम्बर ३

इन्चार्ज –अष्टलक्ष्मी शाक्य
सहइन्चार्ज– नारायण दाहाल
अध्यक्ष–हितराज तामाङ
सचिव–आनन्द पोखरेल

गण्डकी प्रदेश

इन्चार्ज– पृथ्वीसुब्बा गुरुङ
सहइन्चार्ज– खगराज अधिकारी
अध्यक्ष– हितराज पाण्डे
सचिव– गोविन्द नेपाली

प्रदेश नम्बर ५

इन्चार्ज– शंकर पोखरेल
सहइन्चार्ज– दलबहादुर राना मगर
अध्यक्ष– ओनसरी घर्ती
सचिव– जगप्रसाद शर्मा

कर्णाली प्रदेश

इच्चार्ज– जनार्दन शर्मा
सहइन्चार्ज– यमलाल कँडेल
अध्यक्ष– गोरख बोगटी
सचिव– मायाप्रसाद शर्मा

प्रदेश नम्बर ७

इन्चार्ज–भीम रावल
सहइन्चार्ज– लक्ष्मीदत्त जोशी
अध्यक्ष– कर्ण थापा
सचिव– सिंहराज चौधरी नेपबहादुर

  • ५ आश्विन २०७५, शुक्रबार १४:०८ प्रकाशित
  • Nabintech