जनसम्पर्क समिति फ्रान्सको अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • काँचुली खबर

नेपाली कांग्रेसको बैदेशिक संगठन जनसम्पर्क समिति फ्रान्सले, नेपाली कांग्रेसका लौह पुरुष, सर्बमान्य नेता नेपाली प्रजातान्त्रिक आन्दोलनका कमान्डर स्व. गणेशमान सिंहको २१ औं स्मृति दिबसको अवसरमा अन्तरक्रिया काय्रक्रमको आयोजना गरेको थियो । नेपाली कांग्रेसका बरिस्ट नेता रामचन्द्र पौडेलको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा यूरोपस्थित अन्य जनसम्पर्क समितिहरुको पनि प्रतिनिधित्व रहेको थियो । सबिधान दिवसको पूर्व सन्ध्यामा आयोजित उक्त कार्यक्रममा नेपालको लोकतान्त्रिक संबिधान स्थापनाको लागि जिबन बलिदान गर्नुहुने ज्ञात अज्ञात सहिदहरु प्रति श्रद्दा सुमन ब्यक्त गरिएको थियो । करिब ४ घण्टा चलेको उक्त कार्यक्रमको सभापतित्व जनसम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर रानाले गर्नुभएको थियो । कार्यक्रममा नेपाल देखि आउनुभएका राष्ट्रिय जनजाति महासंघका निबर्तमान अध्यक्ष एबं पूर्व सभासद नगेन्द्र कुमार कुमाल, जनसम्पर्क समिति बेल्जियमकि सभापति सीता सापकोटा, ज स स बेल्जियमका संस्थापक अध्यक्ष ध्रुब पौडेल लगायतका नेताहरुले आफ्नो मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै बक्ताहरुले नेपाली कांग्रेस पार्टी अहिले दुख को अवस्थामा रहेको तर पार्टी दुबो जस्तो भएकोले कहिले नमर्ने बताउदै पार्टीलाई राम्रो बनाउन सुरुवात आफैबाट गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरिस्ट नेता पौडेलले देशमा लोकतान्त्रिक संबिधान स्थापनाको लागि नेपाली कांग्रेसको प्रमुख भूमिका रहेको र संबिधान स्थापना पश्चात अहिलेको कम्युनिस्ट सरकारले संविधानको मर्मलाइ बुझ्न नसकेको बताउदै सस्तो लोकप्रियता र झुटले चुनाब जितेर आएको यो सरकारलाई जनताले चिनिसकेको बताउनुभएको थियो । नेपाली कांग्रेस पार्टीमा पनि सुधारको आवस्यक रहेको र नेपाली कांग्रेस अझ बलियो र ससक्त भएर आउने बाचा सहित उहाँले प्रबासमा रहेका सम्पूर्ण कांग्रेसीहरुले आफ्नो स्थान बाट पार्टी प्रतिको जिम्मेवार निष्ठा पुर्बक पुरा गर्न अनुरोध गर्नु भएको थियो । कार्यक्रममा बोल्दै बक्ता हरु रामचन्द्र पौडेल र नगेन्द्र कुमालले गैर आवासीय नेपालीहरु को लागि एक पटक को नेपाली सधैंको नेपाली भन्ने कुरामा आफुहरु अडिग रहेको जानकारी गराउनुभएको थियो ।

कार्यक्रम को अन्त्यमा बोल्दै कार्यक्रमका सभापति सुधिर रानाले उपस्थित सबै लाइ धन्यबाद दिदै नेता पौडेलको यूरोप भ्रमणले जनसम्पर्क समितिहरुमा थप उर्जा प्रदान भएको र नेपाली कांग्रेसमा एकताको संदेश जाने विश्वास ब्यक्त गर्नुभएको थियो । पेरिसस्थित माउन्ट एभरेस्ट रेस्तुरन्तमा सम्पन्न उक्त कार्य्रमको संचालन समितिका महामन्त्री कमल बिक्रम केसीले गर्नुभएको थियो भने कार्यक्रममा पेरिस बासि नेपालीहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।

  • ४ आश्विन २०७५, बिहीबार ०८:५६ प्रकाशित
  • Nabintech