बन्दले बाँके र बर्दियाको जनजीवन प्रभावित
  • काँचुली खबर

सवारी चालकहरुलाई फौजदारी ऐन अन्र्तगत सजाय हुने मुलुकी ऐनको बिरोधमा सवारी चालकहरुले गरेको अनिश्चिकालीन यातायात बन्दका कारण बाँके र बर्दियाको जनजीवन प्रभाबित बनेको छ ।

बन्दका कारण बाँके र बर्दियाबाट छुटने सबै सवारी साधनहरु सञ्चालनमा आएका छैनन् । बन्दले गर्दा राजमार्ग पनि सुनसान देखिएको छ । चालकहरुले स्वस्फुर्त रुपमा आफना सबारी साधन नचलाएपछि गन्तब्यमा जाने यात्रुहरु समस्यामा परेका छन् । सरकारले मुलुकी ऐन संसोधन गरेर सार्वजनिक फौजदारी ऐन अन्र्तगत सजाय दिने कानुनलाई तत्काल फिर्ता गर्नुपर्ने र सवारी ऐन २०४९ अन्र्तगत नै कारबाही हुनुपर्ने माग गर्दै यातायात मजदुरहरु आन्दोलित भएको अखिल नेपाल राष्ट्रिय यातायात मजदुर संगठनका केन्द्रिय उपाध्यक्ष बसन्त मल्लले बताए ।

सवारी साधन नचल्दा नेपालगन्ज पनि सुनसान देखिएको छ । नेपालगन्ज र आसपासका क्षेत्रमा बिद्युतीय अटो रिक्सा बाहेकका कुनै पनि सवारी साधनहरु चलेका छैनन् ।

  • २ आश्विन २०७५, मंगलवार १५:१९ प्रकाशित
  • Nabintech