कालो झण्डा देखाउने तयारी गरिरहेका ५ जना पक्राउ
  • काँचुली खबर

उपप्रधानमन्त्री एव स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने तयारी गरिरहेका ५ जना पक्राउ परेका छन् । उनीहरु सिके राउतका कार्यकर्ता भएको प्रहरीको दाबी छ ।

राजविराज-७ का सुरेन्द्र शर्मा (मधेसी) लगायत ५ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई घरबाटै नियन्त्रणमा लिइएको एसपी राजेन्द्र विष्टले जानकारी दिए । दिउँसो राजविराजमा संघीय समाजवादी फोरम नेपाल सप्तरीले गर्न लागेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन यादव राजविराज आउँदैछन् ।

  • २ आश्विन २०७५, मंगलवार १०:५१ प्रकाशित
  • Nabintech