१४ ग्राम ब्राउन सुगर र १ लाख १५ हजार ज्ञ सय नेपाली रुपौयाँ सहित एक भारतीय नागरिक पक्राउ परेका छन । वडा प्रहरी कार्यालय नेपालगन्ज र ५ नं. प्रदेश ब्यूरोको टोलीले भारतको बहराईजका अमन कुरेसीलाई लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा कुरेसीलाई नेपालगन्जको न्यूरोड चोकबाट पक्राउ गरिएको र थप अनुसन्धानकालागि वडा प्रहरी कार्यालयमा राखिएको ५ नं. प्रदेश प्रहरीका ईन्चार्ज देविप्रसाद पौडेलले जानकारी दिए ।
आवश्यक अनुसन्धानपछि कुरेसीलाई थप कारवाहीकालागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाईने पौडेलले बताए ।
१ आश्विन २०७५, सोमबार १७:५४ प्रकाशित