‘नमुना कर्णाली बनाउन सबै लाग्नुपर्छु’ : मुख्यमन्त्री शाही
  • काँचुली खबर

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नमुना कर्णाली बनाउन सबै लाग्नु पर्ने बताएका छन् । ‘स्थानीय तहका न्यायिक समितिका पदाधिकारी र कर्मचारीहरुको क्षमता अभिबृद्धि एवं अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । अहिलेको अवस्थामा एक दिन मात्र राम्रो लाउने राम्रो खाने राम्रो ठाउँमा बस्ने नभएर दिगो रुपमा कर्णालीको विकासको लागि सोच्नुपर्ने बताए ।

कर्णालीमा विभिन्न कुराहरुमा विकृति आएको भन्दै शाहीले अहिलेको अवस्थामा अर्काको भर पर्न नहुने बताए । कुनै पनि कुरा भन्नको लागि सजिलो छ तर त्यसलाई व्यवहारमा उतार्न गाह्रो भएको भन्दै मुख्यमन्त्री शाहीले सामाज रुपान्तरण गर्न भाषण गरेर मात्र सम्भव नरहेको बताए । कोहि मान्छे गर्भबाटै सिकर नआउने भन्दै मुख्यमन्त्री शाहीले एक आपसमा काम गर्ने सिक्ने, हरेक क्षेत्रमा आफ्नै शैलिबाट काम गर्नुपर्ने बताए । न्यायिक समितिलाई भहाभारतको रुपमा लिनु नपर्ने भन्दै शाहीले एक अर्काको अनुभव आदान प्रदान गरेर अघि बढ्न सकिने बताए । आफ्नो खुट्टामा आफै उभिनु पर्छ भन्दै मुख्यमन्त्री शाहीले अर्काले गर्नुपर्ने छैन भन्ने हिसाबले बुझे आफ्नो क्षमतामा विकास हुने र आवश्यक परेको अवस्थामा सबै मिलेर छलफल गर्न सकिने बताए । हरेक कुरालाई नकारात्मक हिसाबले हेरेको अवस्थामा समस्या आउने भन्दै शाहीले जीवनबाट हरेस खाएको मान्छेलाई पनि जीवन जिउन पेरणा दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले एक वर्षका अनुभव संकलमण कालमा बितेपनि अब काम गर्नुपर्ने बेला आएको बताए । मन्त्री ज्वालाले भने ‘अहिले धेरैले गाँउमा सिंहदरबार आएको चर्चा गर्छन, सिंहदरबार भित्रको जनविरोधी रवैया गाँउमा आउन दिनुहुन्न ।’ अब हरेक जनतालाई अन्याय नहुने गरी काम गनुपर्ने बताए ।
यसैगरि कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले आफनो न्यायका लागि अड्डा अदालतको ढोकामा पुग्न डराउने दिदीबहीनीको हातमा अहिले आफैले फैसला गनुपर्ने जिम्मेवारी आएको बताए । न्यायिक समिति संवेदनशील र चुनौती पूर्ण जीम्मेवारी भएको भन्दै मन्त्री भण्डारीले अनुभव गर्दै गएको अवस्थामा ज्ञान हासिल हुने बताए ।

कार्यक्रममा बोल्दै भुमिव्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले स्थानीय तहका न्यायिक समितिको नेतृत्वमा महिला हुनु भनेको महिला आन्दोलनको उपलब्धी भएको बताइन् । अहिलेको अवस्थामा स्थानीय सरकारमा आवश्यक परेको अवस्थामा प्रदेश सरकार अभिभावक बन्नुपर्ने बताइन् । तिन वटै सरकारले एक अर्को संग समन्वय गरेर अघि बढ्नुपर्ने बताइन् । कार्यक्रममा बोल्दै मुख्य न्याधिवक्ता विद्या भूषण मानन्धरले न्यायिक सम्पादन गर्ने क्रममा विभिन्न समस्याको विषय समेटेर नयाँ ढंगबाट शिक्षित गराउने जमर्को गरेको बताए । कार्यक्रममा सुर्खेतका ९ वटै स्थानिय तहका न्यायिक समितिका संयोजक, सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको छ ।

 

स्रोत : नेपाली गाथा

  • १ आश्विन २०७५, सोमबार ०९:३९ प्रकाशित
  • Nabintech