बरालको ‘आँगन’ बिमोचन, अधिकारी सम्मानित !
  • काँचुली खबर

कोहलपुरकी नारी स्रष्टा नमिता बरालको गजल संग्रह ‘आँगन’ को शनिबार कोहलपुरमा बिमोचन गरिएकोे छ । नेपाल राष्ट्रिय प्रज्ञा प्रटिष्ठानका पूर्व सदस्य प्राज्ञ सनत रेग्मीले बरालको आँगन नामक गजल संग्रह बिमोचन गरेका हुन् ।
पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले प्रकाशनको जिम्मा लिएको गजल संग्रह भित्र समसामयिक ८७ वटा गजल रहेका छन । कृती बारे समिक्षा गर्दै प्रतिष्ठानका सचिव एवं प्राध्यापक पुस्कर रिजालले मोफसलका स्रष्टाहरुले समेत उत्कृष्ट कृती निकाल्न सक्छन भन्ने ज्वलन्त उदाहरणका रुपमा ‘आँगन’ गजल संग्रह आएको भन्दै चर्चा गरका थिए ।
कार्यक्रममा सहभागी बिभिन्न साहित्यकारहरुले बिमोचित कृतीको चर्चा गर्दै शुभकामना ब्यक्त गरेका थिए ।


पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले आयोजना गरेको स्रष्टा सम्मान तथा कृती बिमोचन कार्यक्रममा तुल्सिराम स्मृती पुरस्कारबाट स्याङ्जाका बिश्वप्रेम अधिकारी सम्मानित भएका छन । स्व. तुल्सिरामकी धर्मपत्नी पबित्रा ढकाल र प्राज्ञ सनत रेग्मीले संयुक्त रुपमा अधिकारीलाई सम्मान गरेका थिए । नगद रु. ५ हजार र कदर पत्रलेबाट सम्मानित अधिकारी स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष समेत हुन ।
२०६२ सालमा स्थापित तुल्सिराम स्मृती पुरस्कारबाट सहित्यमा कलम चलाउने एक जना साहित्यकारलाई हरेक वर्ष पुरस्कृत गरिंदै आएको तुल्सिराम स्मृती प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले जानकारी दिए ।


५० हजारबाट शुरुवात गरिएको यो पुरस्कार राशि एक लाखको बनाइने बताउदै ढकालले आफ्नो बाबुको स्मृतीमा आफ्नो दाजु सुर्य ढकालको सक्रियतामा उक्त कोषको बृद्वि गरीने बताए । पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष महानन्द ढकालको अध्यक्षतामा कोहलपुरको चप्परगौरी स्थित रिभर साइड होटेलमा अयोजित कार्यक्रममा दाङ, सुर्खेत, दैलेख, बाँकेका गरी ५ दर्जन बढि साहित्यकारहरुले आ-आफनो रचना बाचन गरेका थिए । करीब डेढ सय बढि उपस्थित कार्यक्रमको सञ्चालन गजलकार कपिल अन्जानले गरेका थिए ।

  • ३० भाद्र २०७५, शनिबार २२:३२ प्रकाशित
  • Nabintech