“सुखी नेपाली ममृद्ध नेपाल बाल अधिकार सबैको अधिकार” भन्ने मुल नाराका साथ ५९ औं राष्ट्रिय बाल दिवस मनाइएको छ ।
दुल्लु नगरपालीकाको आयोजना तथा सोसेक नेपाल र आवाजको आर्थीक सहयोग सँगै सहजिकरणमा नेपाल राष्ट्रिय माध्यामीक बिद्यालयमा एक कार्यक्रमका बिच बक्त्तृत्वकला प्रतियोगिता को आयोजना गरी बाल दिवस भब्य रुपमा सम्पन्न भएको छ ।
उक्त बक्तृत्वकला प्रतियोगितामा बोल्दै दुल्लु नगरपालीकाका नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि घनश्याम भण्डारीले आधारभुत मौलिक ज्ञानहरु, पारिवारीक स्नेह, उत्साहजनक खेलकुद र आधारभुत अक्षराम्भ लगायतका शिक्षाहरुले गर्दा बालापन सदासर्वदा याद रहने कुरा बताए । साथै उनले ‘बालापनका तिनै सिकाइका अध्यायहरुले हाम्रो जीवनभर एउटा प्रभाव र आधार दिरहेको र फ्रान्सका दार्शनिक जिन ज्याक्स रुसोले मानव जन्मिदा स्वतन्त्र जन्मिन्छ तर विस्तारै उ दायित्वको डोरीले बाँधिदै जान्छ’ भन्ने भनाइलाई सम्झदै यो संसारमा बालबालीका भन्दा स्वतन्त्र कोही नहुने बताए ।

त्यस्तै दुल्लु नगरपालीकाका निमीत्त प्रशासकीय अधिकृत शमशेर शाहीले नेपाली बालबालिकाहरुको अवस्थामा अपेक्षा गरे अनुसार अपेक्षित रुपमा सुधार आउन नसक्नुका मुख्य कमजोरीमा बालविवाहको अवस्थालाई हेर्दा अहिले पनि बालबालिकाहरु बालविवाह गरिरहेका र थुप्रै बालबालिकाहरु सवारी साधानमा, होटल तथा रेष्टुरेन्ट, साना तथा ठुला उद्योगहरुमा श्रम गर्न बाध्य भएकोमा यसको अन्यको लागी सबै लाग्नुपर्ने कुरा बताए ।
बक्त्तृत्वकला प्रतियोगीतामा ८ वटा बिद्यालयका १५ जना बिद्यार्थीको प्रतिस्पर्धी रहेकोमा सरस्वती देबी माध्यामिक बिद्यालय बिनाएकका छात्र जगत बहादुर खत्री प्रथम, सरस्वती माध्यामिक बिद्यालय कृष्णकोटका छात्र प्रकाश खनाल दितिय, नेपाल राष्ट्रिय माध्यामीक विद्यालयकी छात्रा यमुना पुरी तृतिय र प्रेमदेवी माध्यामीक विद्यालयकी छात्रा मेनका योगी सान्त्वना भएकी छन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२९ भाद्र २०७५, शुक्रबार २०:१२ प्रकाशित