५ जेष्ठ २०८१, शनिबार
युवा संघका नेता क्षेत्रीमाथी आक्रमण
  • काँचुली खबर

युवा संघ खजूराका नेता किरण क्षेत्रीमाथी बिहिवार खजूरा बजारमा आक्रमण भएको छ । रड र खुकुरी प्रहार गरी एक्कासी ज्यान मार्ने प्रयास भएपछि भागेर ज्यान जोगाएको क्षेत्रीले बताए । आफुमाथीको प्रहार जोगाउनेक्रममा क्षेत्रीको घुँडा र पाखुरामा चोट लागेको छ । विहान १०:३० बजेतिर स्थानीय राजेन्द्र परियार, उत्सव सिँजाली, आशिष खान, प्रदिप गिरी र आलम मिया गरी ५ जनाको समूहले आफुमाथी एक्कासी आक्रमण गरी ज्यान लिने प्रयास गरेको भन्दै क्षेत्री सहितको समूह ईलाका प्रहरी कार्यालय धनौलीमा पुगेको छ ।

आक्रमणकारीहरु कारमा सवार भएको क्षेत्रीले बताए । सिँजाली नेपाल तरुण दल खजूराका उपाध्यक्ष हुन् । क्षेत्री युवा संघका अध्यक्ष हुन् । युवा संघ बाँकेका कोषाध्यक्ष तथा खजूरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनारले योजनावद्ध तरिकाले क्षेत्रीमाथी आक्रमण भएको भन्दै दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

  • २८ भाद्र २०७५, बिहीबार १६:३३ प्रकाशित
  • Nabintech