विद्यालय बन्दगरी नाच्न ब्यस्त छन शिक्षकहरु
  • काँचुली खबर

संघीय सरकारले ल्याउन लागेको शिक्षा एेनमा राहत शिक्षकका मागहरु नसमेटेको भन्दै राहत शिक्षक समितिले गरेको शैक्षिक संथा बन्दको बाँकेमा पुर्णरुपमा प्रभाव परेको छ ।
बाँके लगाएत प्रदेश नं. ५ का सम्पुर्ण सरकारी बिद्यालय आज मंगलबार पुर्ण रुपमा बन्द रहेका राहत शिक्षक समिति प्रदेश नं. ५ का अध्यक्ष रामप्रसाद चापागाईले जानकारी दिए । बाँकेका ८ वटै स्थानिय तहका राहत शिक्षकहरु स्थानिय गाँउ रनगर शिक्षा शाखामा भेला भई तिजका गितमा नाचगान गरी धर्ना दिइरहेका छन । राहत शिक्षक केन्द्रीय समितिको निर्णय अनुसार आज २५, २६ तथा २७ भदौमा सरकारी बिद्यालय बन्दको घोषणा गरेका छन ।
राहत शिक्षकको बन्द लाई एकिकृत अखिल नेपाल शिक्षक संगठन बाँके समेत साथ दिएको छ । संगठनका बाँके सचिव वलीले आज प्रेश बिज्ञप्ती जारी गर्दै राहतको आन्दोलनमा ऐकेबद्दता जनाएको हो । यसैगरी राहतको बिद्यालय बन्द तथा शैक्षिक हडताल लाई बाँकेमा अस्थाई शिक्षक तथा बाल बिकासले समेत साथ दिएका छन । ६ जना १२ जना राहत शिक्षक तथा अधिराज्यभर करिब ४० हजार राहत शिक्षक कार्यरत छन ।

  • २६ भाद्र २०७५, मंगलवार १२:५४ प्रकाशित
  • Nabintech