दैलेखको दुल्लु नगरपालिका वडा न. ७ को पाटाङ्गानीमा रेडियो दुल्लु र शहिद पुर्ण स्मृति प्रतिष्ठानको आयोजना तथा सामाजिक सेवा केन्द्र सोसेक नेपालको सहजिकरणमा तिज गित प्रतियोगिता सम्पन्न भएको छ ।
समाजमा रहेका हरेक बिकृति र बिसंगति बिरुद्ध गितको माध्यामद्धारा सन्देस दिने तथा यसको अन्त्यकालागि सबैलाई जागरुक बनाउने उद्देश्यले तिज गित प्रतियोगिता सम्पन्न भएको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नगर प्रमुख धनश्याम भण्डारीले समाजमा भएका कुप्रर्था, कुस्कार, कुरिति र बिसंगतिलाई चिरफार गदै सब्य समाज बनाउन दुल्लु नगरपालिका लागीरहेको बताए । उनले समाजमा रहेका विभिद समस्यालाई गित, नाटक लगायतका अन्य बिधाबाट उजागर गरी जनचेतना जगाउनु सकारात्मक पक्ष भएको बताए ।

कार्यक्रमा रेडियो दुल्लु एफ।एम १०१।५ मेगाहर्जका अध्यक्ष सिता रानाले पहिलेका तिज गित र पछिलला तिज गित फरक भएपनि अहिलेको समयमा समाजमा विद्यमान विकृति विसंगतीका विरुद्धमा लाग्न र त्यसको न्युनिकरणको लागी यस्ता जनचेतनामुलक कार्यक्रमहरु गर्न आवश्यक रहेको बताईन ।
कार्यक्रमको बारेमा संक्षिप्त प्रतिक्रिया दिदैै शहिद पुर्ण स्मृति प्रतिस्ठान दैलेखका अध्यक्ष रत्न शाहिले तिजको पुर्वसन्ध्यामा गरिएको तिजगित प्रतियोगिताले समाजीक सहिष्णुता कायम गर्नुका साथै नेपाली संस्कृतीको समेत जगेर्ना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
प्रतियोगितामा १२ वटा टिमले सहभागीता जनाएका थिए । जसमा बिजया माविको जिया समुह प्रथम, हरीयाली आमा समुह द्धितिय, बरपिपल आमा समुह तृतिय र देउती बाल शुलर्भ क्लवले सान्त्वना स्थान हासिल गरेका छन् । विजयी सबैलाई आकर्षक पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
२६ भाद्र २०७५, मंगलवार १२:२६ प्रकाशित