चितवन — नारायणगढ–मुग्लिन सडकको चार किलोमा ठूलो पहिरो खसेका कारण रातिदेखि नै उक्त सडक खण्ड अवरुद्ध छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले दिएको जानकारी अनुसार मंगलबार दिउँसाेसम्म यातायात संचालनमा अाउने सम्भावना न्यून छ ।
उक्त क्षेत्रमा रातिदेखि नै ठूलो पानी परिरहेको छ । ‘राति एक बजेयता गाडी चल्न सकेका छैनन्,’ खनालले भने ।
चार किलोमा ठूलो पहिरो खस्नुका साथै जलबिरे क्षेत्रमा साना पहिरोहरु गएका छन् । निकै ठूलो पानी परेका कारण पहिरो हटाउने काम सुरु गर्न नसेकेको उनले बताए । ‘अन्यत्रको पहिरोको समस्या त्यति ठूलो हैन तर चार किलोको पहिरो सफा गरेर गाडी चलाउन कम्तिमा पनि दिउँसोको तीन बज्ने अवस्था छ,’ सूचना अधिकारी खनालले भने, ‘पानी कति बेला रोकिएला भनेर कुरेर बसेका छौं । पानी रोकिए फिस्लिङबाट मगाएको उपकरण र हामीसँग भएको उपकरणले सफा गरेर दिउँसो तीन बजेसम्म बाटो खुलाउने प्रयास रहनेछ ।’
पहिरोले सधैजसो अवरुद्ध हुँदै आएको यो सडकमा साउन २१ यता आज ठूलो पहिरो गएको हो । दैनिक १० हजार गाडी ओहर–दोहर गर्ने यो सडक अवरुद्ध हुदाँ यात्रु अलपत्र परेका छन् ।
साभार : kantipurdaily.com
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२६ भाद्र २०७५, मंगलवार ०८:१७ प्रकाशित